गैँडाकोटमा ईमिस नभर्ने ३३ वटा विद्यालयको नाम सार्वजनिक (नामसहित)

२०७८ असोज १६ शनिबार १८:३८:०० मा प्रकाशित

 

गैँडाकोट । गैँडाकोटको शिक्षा शाखाले ईमिस फारम नभर्ने नगरका ३३ वटा विद्यालयको नाम सार्वजनिक गरेको छ । नगरका सबै ७० वटा विद्यालयले सो विवरण भर्नुपर्ने भएपनि सो विवरण नभर्ने विद्यालयको नाम सार्वजनिक गरेको हो ।

हालसम्म मात्रै ३७ वटाले भरेको उल्लेख गरिएको छ ।

पटक पटक ताकेता गर्दापनि नभरेपछि शिक्षा शाखाको फेसबुकमार्फत विद्यालयको नाम सार्वजनिक गरेको हो । ईमिस प्राप्त नभएका विद्यालयहरुको विवरण खालि राखिएको छ । साथै कुनै विद्यालयको ईमिस अपलोड भएपछि पनि विवरणमा नदेखिएको भए आफ्नो ईमिस चेक गर्न र समस्या शाखामा जानकारी गराउन सूचित गरेको छ ।

विद्यालयले इमिस अपलोड गरिसकेको तर रिपोर्टमा नआएको भए एकपटक विद्यालको प्रोफाइल नाम र इमिसको नाम रुजु गर्न भनेको छ । 

ईमिस भर्नुपर्ने विद्यालयको विवरण