हुप्सेकोट प्रहरी चौकी जलाएको आरोपमा ७ जना पक्राउ
 
    नवलपुर । भदौ २४ गते हुप्सेकोट प्रहरी चौकी जलाएको आरोपमा पक्राउ सात जनामाथि प्रहरीले अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरीका सूचना अधिकारी मोहन खड्काका अनुसार उनीहरुलाई बिहीबार अदालतबाट चार दिनको म्याद थपिएको छ । अनुसन्धान भइरहेको छ, उनले भने, अन्य निजी घर जलाउनेहरुविरुद्ध भने प्रहरी कार्यालयमा निवेदन आएको छैन ।
पूर्वी नवलपरासीमा गैंडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिकाकाका मेयर र उपमेयरको घर जलाइएको थियो । प्रदर्शनकारीले हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको निजी घर जलाएर ध्वस्त पारेका थिए ।
 
 
															 
                             
                             
                             
                            2023-07-07-02-51-33.png) 
						 
                            
                            
                            
                             
											2025-10-31-06-02-26.jpeg) 
											 
											 
											 
											 
											 
                            