चितवनमा रगतको चरम अभावः रक्तदान गर्न आह्वान

२०८२ कार्तिक १४ शुक्रबार १४:१९:०० मा प्रकाशित

चितवन । चितवनमा रगतको चरम अभाव भएको छ । चाडपर्वका कारण नियमित रक्त सङ्कलनका कार्यक्रम नभएका कारण जिल्लामा रगतको अभाव भएको हो । 
बिरामीका आफन्तले खोजेका रक्तदाता मार्फत् मात्र रगत उपलब्ध हुने अवस्था जिल्लामा सिर्जना भएको छ । चितवनमा दैनिक १०० देखि १५० यूनिट रगतको माग हुने गरेको जनाइएको छ ।

 
यो सङ्ख्या सङघीय राजधानी काठमाडौपछिको दोस्रो रगतको माग हुने जिल्ला हो । रगतको अभाव भएपछि भरतपुर महानगरपालिका वडा नम्बर २ मा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा १०५ जनाले रक्तदान गर्नुभएको थियो ।