गैँडाकोटमा बस र तेल ट्याङ्कर ठोक्किँदा चार जना घाइते
2025-10-31-06-02-26.jpeg) 
    नवलपुर । शुक्रबार दिउँसो गैँडाकोटमा भएको बस र तेल ट्याङ्कर दुर्घटनामा चार जना घाइते भएका छन् । दिउँसो करिब २ः३० बजे गैँडाकोट नगरपालिका-१० कोटिहोम अगाडिको पूर्व-पश्चिम राजमार्गमा बुटवलबाट बिरगंजतर्फ जाँदै गरेको लु २ ख ६८२८ नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको लु २ ख ६१ नम्बरको तेल ट्याङ्कर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा ट्याङ्कर चालक मध्यबिन्दु नगरपालिका-८ का ५६ वर्षीय तिलक राम योगि थारु घाइते भएका छन्। दायाँ हात र टाउकोमा चोट लागेका थारुलाई स्थानीय मेडिकलमा उपचार गराइएको प्रहरीले जनाएको छ । त्यसैगरी, बस चालक पाल्पा जिल्लाको रम्भा गाउँपालिका–३ का ३७ वर्षीय विकास न्यौपानेको दायाँ खुट्टा र ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ।
बसमा सवार यात्रु ३३ वर्षीया गंगा कुमारी गिरीको दायाँ खुट्टा र बाँया हातमा चोट लागेको छ । सोही बसमा सवार उनकी छोरी ७ वर्षीया अपना गिरीको दायाँ हातमा सामान्य चोट लागेको छ। घाइते चारै जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज, चितवन पठाइएको प्रहरीले जानकारी दिएको छ । 
 
															 
                             
                             
                             
                            2023-07-07-02-51-33.png) 
						 
                            
                            
                            
                             
											 
											 
											 
											 
											 
											 
                            