पोखरा, तुम्लिङटार र भरतपुर विमानस्थलमा उडान अवरुद्ध
 
    काठमाडौँ । खराब मौसमको कारण तीन विमानस्थलमा उडान अवरुद्ध भएको छ। बिहीबारदेखि निरन्तर वर्षाका कारण मौसम अनुकूल नहुँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, तुम्लिङटार र भरतपुर विमानस्थलमा उडान अवरुद्ध भएको हो ।
मौसमको खराबीका कारण न्यून मात्रामा आन्तरिक उडान भइरहेको छ। पोखरा विमानस्थलमा शुक्रबार पौने ११ बजे विमानस्थल खुले पनि पुनस् अवरुद्ध भएको छ।
तर अहिले झापाको भद्रपुर विमानस्थल भने खुला भएको छ । यो बाहेक आन्तरिक उडानमा तुम्लिङटार र भरतपुर विमानस्थलको अवरुद्ध कायम रहेको बुद्ध एयरका प्रवक्ता वीरेन्द्र कर्णले बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक विमानस्थलमा ढिला हुँदा यात्रुको चाप बढेको छ।
 
															 
                             
                             
                             
                            2023-07-07-02-51-33.png) 
						 
                            
                            
                            
                             
											2025-10-31-06-02-26.jpeg) 
											 
											 
											 
											 
											 
											 
                            