अविरल वर्षातका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा

२०८२ कार्तिक १४ शुक्रबार १२:१३:०० मा प्रकाशित

चितवन । अविरल वर्षातका कारण शुक्रबार बिहानदेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।  सडक डिभिजन भरतपुरका अनुसार शुक्रबार बिहानदेखि तुइन खोलामा ढुंगा खस्न थालेपछि सडक अवरुद्ध भएको थियो । पुलनजिकै माथिबाट ढुंगाहरू झर्दा सवारी आवागमन अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ । ढुंगाहरू झर्ने क्रम रोकिएकोले मेशिनको प्रयोग गरी पहिरो हटाउने कार्य भइरहेको छ।

 

तुइन खोला क्षेत्र पहिरोको उच्च जोखिममा रहेकाले सडकको अवस्था बुझेर मात्र गन्तव्यमा जान र सावधानीका साथ सवारी साधन चलाउन पनि सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।