पठन संस्कृति अभियानमा लेखक नारायण गाउँले आउँदै 

२०८२ असोज २४ शुक्रबार १५:१०:०० मा प्रकाशित


गैँडाकोट । पठन संस्कृति अभियानको सत्रौँ शृङ्खलामा सहभागि हुन लेखक तथा विश्लेषक नारायण गाउँले आउँदै हुनुहुन्छ ।  भोली विहान ११ बजे विजय विकास स्रोत केन्द्रको हलमा हुने कार्यक्रममा लेखक तथा विश्लेषक नारायण गाउँलेको प्रमुख आतिथ्यता रहनेछ । गाउँलेले आफ्नो फेसबुक पेजमार्फत समसामयिक विषयमा विश्लेषणात्मक लेख लेख्दै आउनुभएको छ । 

सामुदायिक रेडियो विजय एफएम १०१.६ को आयोजनामा भइरहेको कार्यक्रमले समुदायमा पठन संस्कृतिको विकास गराउन मद्धत गरेको विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो ।