विश्व जेष्ठ नागरिक दिवसका अवसरमा गैडाकोटमा शुभकामना आदानप्रदान

२०८२ असोज १५ बुधबार १९:०५:०० मा प्रकाशित

गैडाकोट । ३५ औँ विश्व जेष्ठ नागरिक दिवसका अवसरमा गैडाकोटमा शुभकामना आदानप्रदान गरिएको छ। बुधबार गैंडाकोट १ मिलनचोकमा जेष्ठ नागरिक संघ वडा समिति गैडाकोट १ को आयोजनामा स्थानीय देखि विश्वव्यापी पहल, हाम्रा जेष्ठ नागरिकहरूको आकांक्षा, हित र अधिकार भन्ने नाराका साथ २०८२ सालको विजयादशमी, दिपावली ,छठ पर्व र नेपाल सम्वतको शुभकामना आदानप्रदान कार्यक्रम भएको हो।


कार्यक्रममा जेष्ठ नागरिक नगर संघ गैंडाकोटका अध्यक्ष मुक्तिनाथ न्यौपानेले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस सन् १९९० संयुक्त राष्ट्रसंघ बाट सुरु गरिएको बताउनुभयो। नेपालमा पनि सन् १९९६ बाट मनाउन थालिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

जेष्ठ नागरिक राष्ट्रिय महासंघ, प्रदेश, जिल्ला, पालिका र वार्डमा समेत गरी अधिराज्यभर गठन गरिएको न्यौपानेले बताउनुभयो। जेष्ठ नागरिक गठन गर्नुको उद्देश्य जेष्ठ नागरिकको मानव अधिकार, आर्थिक सामाजिक स्वास्थ्य सुरक्षा जनता जस्ता विषयमा ध्यान दिनुपर्ने रहेको न्यौपानेले बताउनुभयो । जेष्ठ नागरिकलाई सबै क्षेत्रबाट सम्मान गर्नु सबैको कर्तव्य हो उहाँले भन्नुभयो। न्यौपानेले भन्नुभयो ”जेष्ठ नागरिक समाजका धरोहर पनि हुन् उहाँहरूबाट अनेक ज्ञान, गुण्न शिप पनि सिक्न सकिन्छ।”


जेष्ठ नागरिक संघ वडा समिति गैडाकोट १ का अध्यक्ष शालिग्राम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य संघका सदस्य अम्बिका प्रसाद घिमिरेले गर्नुभएको थियो।

कार्यक्रममा गैँडाकोट १ का जन प्रतिनिधि लक्ष्मीप्रसाद चालिसे, संघका पूर्व अध्यक्ष उषा सापकोटा, वृद्धवृद्धा संरक्षण मञ्चका अध्यक्ष काशीनाथ कँडेल, पण्डित फडिनारायण सिग्देल, लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा बुद्धिजीवी ,जेष्ठ नागरिक ,समाजसेवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
 

कार्यक्रमको सहजीकरण जेष्ठ नागरिक संघ वडा नम्बर १ का सचिव सोमनाथ शर्मा कस्ताकोटीले गर्नुभएको थियो।