राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उपत्यकामा रहेका शक्तिपीठहरुको दर्शन

२०८२ असोज १४ मंगलबार १९:१४:०० मा प्रकाशित

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकामा रहेको महत्वपूर्ण शक्तिपीठ मध्येको नक्साल भगवतिको दर्शन गर्नुभएको छ ।महाअष्टमीका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले काठमाडौंको नक्साल भगवतीमा पुगेर दर्शन गर्नुभएको हो ।


अघिल्ला वर्षहरूमा शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी ईन्द्रयणी पुगेर पूजा आराधना र दर्शन गर्ने गरेको भएपनि यो पटक नक्साल भगवतिको मात्र दर्शन गर्नुभएको र अन्य शक्तिपिठमा भेटी पठाएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।दसैँका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहि आएको छ।