बुधबार सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाउने

काठमाडौँ । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । यही भदौ २३ र २४ गते जेनजी पुस्ताको प्रदर्शनमा ज्यान गुमाउनेहरूको सम्मान स्वरूप सार्वजनिक बिदा दिइएको मंगलबार गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको थियो ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, मिति २०८२ भाद्र २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन मिति २०८२।०६।०१ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८२र०५र३० गते निर्णय भएको व्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।