रामहरि श्रेष्ठको ‘भुल्न नसकिएको अतित’ पुस्तकको कृति समिक्षा 

२०७८ असोज २ शनिबार १७:११:०० मा प्रकाशित

 

गैँडाकोट । लेखक रामहरि श्रेष्ठको ‘भुल्न नसकिएको अतित’ पुस्तकको कृति समिक्षा गरिएको छ ।  
लायन्स क्लब अफ चितवन वाङ्मयको आयोजना एवम् लेखक रामहरि श्रेष्ठको संयोजनमा किसान ग्यालेरी गैंडाकोटमा समिक्षा कार्यक्रम सम्पन्न भएको हो । २०४६ सालमा चितवनको आन्दोलन र गिरफ्तारीमा परेका आन्दोलनकारीलाइ दिइएको यातना र त्यसको प्रभावलाई उतारिएको भुल्न नसकिने अतित माथि समिक्षा भएको थियो ।
विरेन्द्र बहुमुखी क्याम्पसका सह प्रध्यापक पूर्णप्रसाद अधिकारी र लेखक सिर्जन अविरलले पुस्तकमाथी समिक्षा गर्दै पुस्तक उत्कृष्ट रहेको बताउनुभयो । टिप्पणीकर्ता, २०४६ सालका घाइते, प्रखर वक्ता डेजी बोर्डिङ स्कुलका प्राचार्य प्रेम रिमालले पुस्तकमाथि गहन टिप्पणी गर्नुभएको थियो । 
कार्यक्रममा करिब १०० जना साहित्यकारहरु र २०४६ सालका आन्दोलनकारी योद्धाहरुको उपस्थिति रहेको थियो । लायन्स कल्ब अफ चितवन वाङ्मयका अध्यक्ष हरिपृया रिजालको सभापतित्वमा वरिष्ठ अतिथि कवि गोविन्दराज विनोदी एवम् डिस्ट्रक डेपुटी चिफ अफ लिट्रेचर एण्ड कल्चर कमिटि रामशरण शिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।