त्रिदेव टोल विकास संस्थाको पाचौँ अधिवेशन सम्पन्न, नयाँ समिति चयन

२०८२ श्रावण २८ बुधबार १९:०८:०० मा प्रकाशित

गैँडाकोट । त्रिदेव टोल विकास संस्था गैंडाकोट ८ को पाचौँ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। नव-निर्वाचित समिति अध्यक्षमा महादेवी बस्ताकोटी (कट्टेल), उपाध्यक्ष मणिभद्र चालिसे, सचिव उमानन्द सापकोटा, कोषाध्यक्ष हरिमाया अधिकारी, सह-सचिव मीना बस्याल सापकोटा, सह-कोषाध्यक्ष बिष्णुहरी अधिकारी रहेका छन्। यस्तै, सदस्यहरुमा माधव चालिसे, विमला अधिकारी, सीता वाग्ले, दिनेश अधिकारी र माया कुमारी श्रीमती तिवारी चयन भएका छन् ।

अधिवेशनको लेखा परीक्षण समितिको संयोजकमा रामचन्द्र तिवारी, सदस्यमा कृष्णप्रसाद उपाध्याय र राधिका खत्रि चयन हुनुभएको छ ।

यसअघि सम्पन्न साधारण सभामा गैँडाकोट-८ का वडा सदस्य तर्कबहादुर थापाले सबैसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा जनप्रतिनिधिहरु कमला आचार्य, खगेश्वर सापकोटा, संस्थापक अध्यक्ष दुर्गाजित कुवँर, पूर्व अध्यक्ष गंगाधर सापकोटा, मुक्तिनाथ मन्दिरका अध्यक्ष सीता अधिकारी लगायतको उपस्थिती रहेको थियो।