विजय नन्दन टोल विकास संस्था गैंडाकोट ८ को अध्यक्षमा ज्ञानकुमारी सापकोटा

गैंडाकोट । गैंडाकोट ८ मा रहेको विजय नन्दन टोल विकास संस्थाले ज्ञानकुमारी सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। टोल विकास संस्थाको छैठो वार्षिक साधारण सभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा बालकृष्ण सापकोटा, सचिवमा माधव चालिसे, कोषाध्यक्षमा मीनाकुमारी खनाल, सहसचिवमा सावित्री पौडेल चयन हुनुभएको हो। सर्वसम्मत भएको समितिका सदस्यहरूमा दिलकुमारी काफ्ले सीता सापकोटा थमबहादुर सुनारी मगर सरोज सापकोटा, कलादेवी सापकोटा र दीपा पौडेल सापकोटा चयन हुनुभएको निर्वाचन समितिका संयोजक खगेश्वर गौडेलले जानकारी दिनुभएको छ।
नवनिर्वाचित अध्यक्ष ज्ञानकुमारी सापकोटाले टोल विकासका लागि सबै निकायसँग वडासँग समन्वय गरेर काम गर्ने बताउनुभएको छ। निवर्तमान अध्यक्ष अन्जु गेवाली त्यस्तै गरेर निर्वाचन समितिका सदस्यहरू छायादत्त सापकोटा र जुना शर्मा लगायतले नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको छ।