गैँडाकोटमा चिया खेतीको थालनी, दीर्घकालीन आयआर्जन र पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने आशा

२०८२ श्रावण २१ बुधबार १५:३१:०० मा प्रकाशित

नवलपुर । गैंडाकोटमा चिया खेतीको थालनी गरिएको छ । गैँडाकोट नगरपालिका-१८ को बसेनी क्षेत्रमा बुधबार सात हजार पाँच सय अर्थोडक्स जातका चियाका विरुवा रोपिएको छ । नगरपालिका र वडा कार्यालयको संयुक्त पहलमा विभिन्न स्थानमा रोपिएका चियाका विरुवासँगै नवलपुर जिल्लामा पहिलोपटक चियाखेतीको थालनी भएको हो ।

“नगरप्रमुख मदनभक्त अधिकारीले चिया खेतीलाई दीर्घकालीन आयआर्जनको भरपर्दो माध्यम बनाउने उद्देश्यले यो अभियान सुरु गरिएको जानकारी दिनुभयो । उहाँले स्थानीयस्तरमै चिया उत्पादन वृद्धि गरी आम्दानी बढाउने प्रयासमा नगर जुटेको र चिया खेतीले रोजगारी सिर्जना, पर्यटन प्रर्वद्धन र आन्तरिक आम्दानी वृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास राखेको बताउनुभयो ।

वडा अध्यक्ष तिल बहादुर चितौरेले वडा नं. १८ को बसेनी क्षेत्र चिया खेतीका लागि विशेष सम्भावना बोकेको बताउनुभएको छ । वडा सचिव रामू पौडेलले विभिन्न स्थानमा सिँचाइ, माटोको परीक्षण र वातावरणीय पक्ष मूल्याङ्कन गरेर विरुवा रोपिएको हुँदा यसले कृषि पर्यटनको समेत विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

प्राविधिक टोलीले बसेनी क्षेत्र चियाखेतीका लागि उपयुक्त रहेको प्रतिवेदन दिएपछि यो परियोजना सुरु गरिएको हो। स्थानीय सरकारको योजना अनुसार आगामी वर्षहरूमा उत्पादन बढाउने र बजार व्यवस्थापनमा समेत ध्यान दिने तयारी गरिएको छ।