कक्षा १२ को नतिजा प्रकाशितः ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८२ श्रावण १९ सोमबार १९:०५:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । परिक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार ३८.८३ विद्यार्थीको एनजी(ननग्रेड) आएको छ ।  


कक्षा १२ को परीक्षा गत वैशाख २१ गतेदेखि सञ्चालन गरिएको थियो । परीक्षामा पाँच हजार २ सय २ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८ सय  ७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९ सय ८ परीक्षार्थी सहभागी भएका थिए । त्यस्तै, आगामी भदौ २८ र २९  गते पूरक परीक्षा(ग्रेड वृद्धि) हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभएको छ ।