रास्वपा गैंडाकोट ६ मा हस्ताक्षर अभियान

गैडाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनैतिक प्रतिशोधका विरुद्ध हस्ताक्षर अभियान चलिरहेको छ ।
अभियान अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुरको सक्रियतामा राष्ट्रिय स्वतन्त्र पार्टी गैडाकोट ६ को आयोजनामा गैडाकोट ६ स्थित गैंडाचोकमा भएको हस्ताक्षर अभियानमा करिब ४०० जनाले हस्ताक्षर गरेका गैडाकोट वडा नम्बर ६ का सभापति कुशल अधिकारीले जानकारी दिनुभयो ।
पार्टी सभापतिको राजनीतिक प्रतिशोध विरुद्ध नवलपुरमा अहिलेसम्म करिब ५८ हजारभन्दा बढी हस्ताक्षर भएको राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला सभापति नरेश्वर लामिछानेले बताउनुभयो । पार्टीले मंगलबार गैडाकोट वडा नम्बर ८ को विजयचोकमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको सभापति लामिछानेले बताउनुभयो ।
हस्ताक्षर अभियानमा रास्वपा नवलपुर जिल्ला सांगठनिक उपसभापति केशव पौडेल,गैडाकोट नगर सभापति बिमल घिमिरे, उपसभापति नारायण अधिकारी, लगायतको उपस्थिति रहेको थियो ।