गैँडाकोटका शिवालय मन्दिरहरुमा घुँइचो, बोलबम उत्सवसँगै सन्ध्या आरतीको गरिदैँ

गैँडाकोट । साउनको तेस्रो सोमबार आज गैँडाकोटका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन काठमाडौँमा पशुपतिनाथ, गैँडाकोटका शिवालय मन्दिरहरु लगायतका देशैभरका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो ।
बिहानैदेखी १०८ शिवलिङ्ग रहेका स्थानहरु गैँडाकोट ८ स्थित कालिका मन्दिर कालिका आश्रम, गैँडाकोट ७ स्थित हरिहर मन्दिर, गैँडाकोट ४ स्थित कोटेश्वर मन्दिर, गैँडाकोट २ स्थित गोपेश्वर मन्दिर, गैँडाकोट १७ स्थित त्रिपुरेश्वर हरिहर मन्दिर, मौलाकालिका मन्दिर लगायतका स्थानमा भक्तजनको भिंड लागेको छ ।
मन्दिरहरुमा भक्तजनको घुईंचो व्यवस्थापनमा मन्दिरहरुको सक्रियता रहेको छ । साउन महिनाको सोमबारको अवसरमा साउन महिनाभर मौलाकालिका मन्दिरमा साझ ५ बजेपछि आरति हुने धार्मिकसेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो । यसैगरी सोमबार आरतिको अवसरमा मौलाकालिका मन्दिर जान साझ ५ बजेपछि ३ सय ३० रुपैँया मात्र टिकटको मुल्य तोकिएको पनि मौलाकालिका केबलकारले जनाएको छ ।
यस्तै, यता गैँडाकोट ७ स्थित हरिहर मन्दिरमा पनि आरति गरिने सहसचिव भानु सापकोटाले जानकारी दिनुभयो । मन्दिरमा हरेक सोमबार साझ महा आरति हुँदै आएको छ । साउन महिनाको सोमबारको अवसरमा पुजा आराधना सँगै संर्कितन, किर्तन गरिएको छ ।