बर्दघाटमा बस पल्टिदा १ जनाको मृत्यु, १३ घाइते

२०८२ श्रावण १६ शुक्रबार १५:२९:०० मा प्रकाशित

नवलपुर । नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत बर्दघाटमा यात्रुबाहक बस पल्टिदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तका अनुसार बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको लु २ ख ६५७ नम्बरको बस नवलपरासीको बर्दघाट नगरपालिका-५ शान्तिनगर चोकमा पल्टिँदा १ जनाको मृत्यु भएको हो ।


डीएसपी पन्तका अनुसार मृत्यु हुने पुरुषको पहिचान भने खुलेको छैन । यस्तै, घाइतेमध्ये १२ जनाको उद्धार गरी रुपन्देही पठाइएको र बाँकीको चिसापानी अस्पतालमा उपचार भइरहेको छ।