गैंडाकोटका सामुदायिक वनहरू द्धारा कार्ययोजना निर्माणका सम्बन्धमा अन्तरक्रिया

गैंडाकोट । गैंडाकोटका सामुदायिक वनहरूले कार्ययोजना निर्माणका सम्बन्धमा अन्तरक्रिया गरेका छन। गैंडाकोट वडा नम्बर ९ मा रहेको वातावरण बाल उद्यान पार्कको सभाहलमा बुधबार गैडाकोटका सामुदायिक वनहरूको छाता संगठन स्थानीय महासंघले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो।
अन्तरक्रिया कार्यक्रममा सबडिभिजन वन कार्यालयका पूर्व कार्यालय प्रमुख ज्योति कोइरालाले अहिले मौलाकाली, नन्दन, नारायणी र जय श्री वनको कार्ययोजनाहरू नवीकरण गर्ने चरणमा रहेको बताउनुभयो। पूर्व कार्यालय प्रमुख कोइरालाले प्रदेश वन ऐन अन्तर्गत नयाँ ऐन, नयाँ नियमावली, नयाँ कार्यविधि आएको सन्दर्भमा छलफल गर्ने, कसरि कार्यान्वयन गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरेको बताउनु भयो । कोइरालाले छनौट प्रणालीमा आधारित भनेको के हो , के कसरी काम गर्नुपर्ने हो र राम्रा पक्ष के हुन, सामुदायिक वनको निरन्तरता दिगो विकासका लागि कत्तिको सान्दर्भिक छ भन्ने विषयमा पनि छलफल गरेको बताउनुभयो।
सामुदायिक वन महासंघ गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष खगराज सापकोटाले हाम्रो नगरभित्र रहेका सामुदायिक वनको हैसियत कस्तो हुने ,यहाँबाट निस्कने वन पैदावारबाट उपभोक्ताले कति लाभ लिने भन्ने विषयमा छलफल गरेको बताउनुभयो । बरिष्ठ उपाध्यक्ष सापकोटाले अब बन्न लागेको कार्य योजनामा रहेर छलफल गरेपछि निष्कर्षमा सबैको चिन्ताको विषय अब प्रदेश सरकार वन ऐन नीतिको आधारमा रहेर हामीले काम गर्ने अवस्था रहेको बताउनुभयो ।