२७ वर्षकी युवतीमाथि खुकुरी प्रहार

२०८२ श्रावण १ बिहीबार १३:५४:०० मा प्रकाशित


काभ्रेपलाञ्चोक । रामेछापको उमाकुण्ड गाँउपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । बुधबार साँझ ३२ वर्षीय रजिन सुनुवारले सोही ठाउँकी २७ वर्षकी एलिसा सुनुवारमाथि खुकुरी प्रहार गरेका हुन् ।\


खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी महिलाको उपचारका लागि हेलिकप्टरमार्फत केएमसी अस्पताल काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयो ।  प्रमुख जिल्ला अधिकारी थापाका अनुसार रजिनले एलिसाको ढाडमा खुकुरी प्रहार गरेका थिए । उनको अवस्था नाजुक छ ।