भरतपुर महानगर साहित्य दर्पण-४ र वाङ्मय कोश विमोचन

२०८२ असार २० शुक्रबार १७:३६:०० मा प्रकाशित

चितवन । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको महानगर साहित्य दर्पण-४ र वाङ्मय कोश विमोचन गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रज्ञाका उपकुलपति ईन्द्रप्रसाद रेग्मी, शिक्षा महाशाखा प्रमुख सुवाषचन्द्र आचार्यले संयुक्त रुपमा विमोचन गर्नुभयो ।


भरतपुर महानगरपालिकाले कला साहित्य क्षेत्रको समग्र विकास र व्यवस्थित गर्न भरतपुर प्रज्ञा प्रतिष्ठान गठनको तयारी गरिरहेको दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रज्ञाप्रतिष्ठान गठनका लागि तपाईंहरुको रचनात्मक सहयोग र सुझाव आवश्यक छ ।”

 

भरतपुर महानगरले कला साहित्य क्षेत्रको उत्थान र साहित्यकारको सम्मानमा विविध कार्यक्रम गरिरहेको भन्दै प्रस्तावित भरतपुर प्रज्ञा प्रतिष्ठान गठनसँगै अझै व्यवस्थित हुने बताउनुभयो । कृतिमा चितवन जिल्लाका कवि, लेखक, पत्रकार, समालोचक र अन्वेषकका विभिन्न सामग्रीहरू संग्रहित छन् ।


महानगर वाङ्मय कोशमा चितवनका कला, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने साहित्यकार, कलाकार, संगितकारहरुको चिनारी समावेश गरिएको छ । कार्यक्रम प्रतिष्ठानका उपकुलपति ईन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।