गैँडाकोट ५ मा आजदेखि ५ दिने उर्जाध्यान शिवीर शुरु 

२०८२ असार १९ बिहीबार १९:५९:०० मा प्रकाशित

गैँडाकोट ५ मा आजदेखि ५ दिने उर्जाध्यान शिवीर शुरु भएको छ । विकास टोल विकास संस्था गैँडाकोट ५ को आयोजना र विकास टोल सहिला समुहको समन्वयमा आजदेखि गैँडाकोट ५ गणेश मन्दिर परिसरमा ५ दिने उर्जाध्यान शिवीर शुरु भएको हो । 
कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले स्वास्थ्य नै सबैभन्दा ठुलो धन भएकाले योग गरेर स्वस्थ बन्न अनुरोध गर्नुभयो । 
यस्तै गैँडाकोट ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले यस्ता कार्यक्रमले नागरिकलाई फाइदा पुग्ने र योगको जिवनमा महत्व्पूर्ण भएकाले योग गरेर स्वस्थ रहन आग्रह गर्नुभयो । 
कार्यपालिका सदस्य शान्ति न्यौपानेले जिवनमा येगको अनुभव र फाइदा बेफाइदा प्रत्यक्ष अनुभुति गरेको बताउदैँ अस्पताल नधाउने बन्नका लागि योग गर्न आग्रह गर्नुभयो । 
। विकास टोल विकास संस्था गैँडाकोट ५ का अध्यक्ष शुसीला कुमारी गुरुङले स्वास्थ्य र योगको महत्त्व बुझ्दै कार्यक्रम गरिएको बताउनुभयो । 
योगका प्रशिक्षकमा जिवन विज्ञानका कृष्णलाल सुवेदी, भावना रिजाल, बिमला तिमिल्सीना र सिमा सिग्देल रहनुभएको छ । कार्यक्रममा वडा सदस्य उषा परियार, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, स्थानीयहरुको लगायतको उपस्थिती रहेको थियो । 
विकास टोल विकास संस्था गैँडाकोट ५ का उपाध्यक्षले स्वागत मन्तव्य व्यक्त गर्नुभएकोे कार्यक्रमको विन्दु भुर्तेल भण्डारीले सञ्चालन गर्नुभएको थियो ।