किड्स होम एकेडेमीले गर्यो एसइइ विद्यार्थीहरूलाई बधाई तथा सम्मान

२०८२ असार १९ बिहीबार १२:२९:०० मा प्रकाशित

किड्स होम एकेडेमी इङ्लिस स्कुल गैंडाकोट १० ले एसइइ परीक्षा २०८१ मा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ। बुधबार विद्यालय परिसरमा सम्मान तथा बधाई कार्यक्रम गरिएको विद्यालयले जनाएको छ। 
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले विद्यालयले राम्रो नतिजा ल्याएकोमा बधाइ तथा शुभकामना दिदैँ आगामी दिनमा पनि यस्तै नतिजा ल्याउनपर्ने बताउनुभयो । उहाँले शिक्षा नै सबैभन्दा ठुलो धन भएकाले यसको महत्त्व बुझी विद्यार्थीको मनोभावना अनुसार अध्ययन अध्यापन गराउनुपर्ने बताउनुभयो । किड्स होमले ल्याएको नतिजाले आफुलाई खुसी बनाएको बताउनुभयो । 
विद्यालयका प्रधानाध्यापक वासुदेव गैरेले शत प्रतिशत विद्यार्थी कक्षा ११ का लागि योग्य हुनु विद्यालयको लागि गर्वको कुरा भएको बताउनुभएको छ। उहाँले शिक्षक अभिभावक विद्यार्थी र सबैको सहयोग र सहकार्यले नै विद्यालयले सफलता हासिल गर्न सकेको बताउनुभयो। विद्यालयले विशेष गरेर विद्यार्थीमाथि गरेको विश्वास र विद्यार्थीलाई बनाएको वातावरणले नै नतिजा राम्रो हासिल गर्न सकेको बताउनुभएको छ। उहाँले विद्यालयको पहिलेको अवस्था र अहिलेको अवस्थामा नै धेरै फरक भएको र यहाँसम्म आउनका लागि विद्यालयले पनि निकै संघर्ष गरेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकान्त रेग्मीले विद्यालय शिक्षक अभिभावकको मेहेनतको नतिजा विद्यालयले पाएको बताउनुभएको छ। उहाँले किड्स होमले गुणस्तरीय शिक्षालाई मान्यता दिँदै अगाडि बढेको पनि बताउनुभयो। 
सो कार्यक्रममा गैंडाकोट वडा नम्बर १० का वडा अध्यक्ष देवीदत्त कँडेल गैडाकोट वडा नम्बर ११ का वडा अध्यक्ष गोविन्द सुवेदी लगायतका जनप्रतिनिधि र समाजसेवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
औपचारिक कार्यक्रमको सञ्चालन शिक्षक रमेश राईले गर्नुभएको थियो। किड्स होम एकाडेमीमा १६ जना विद्यार्थीले २०८१ सालको एसइइ परीक्षा दिएका थिए। १६ जना विद्यार्थी नै कक्षा ११ का लागि योग्य भएका छन् । 
बधाई तथा सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वासुदेव गैरेले एक महिना बराबरको तलब विद्यार्थीहरूका लागि उपलब्ध गराउने बताउनुभएको छ। त्यस्तै गरेर पूर्व प्रधानाध्यापक  रामुकान्त अर्यालले १६ हजार, सह प्रध्यानाध्यापक रमेश राईले १६ हजर नगद, पिटिए र एसएमसीबाट १४ हजार५ रुपैयाँ विद्यार्थीका लागि सम्मान र पुरस्कार स्वरूप र उपलब्ध गराउनुभएको छ। विद्यार्थीहरूलाई गैंडाकोट वडा नम्बर १० र ११ मा अबिरजात्रा सहित र्याली गरिएको थियो। विद्यार्थीहरू खुसी देखिएका थिए । अभिभावक अभिभावक विद्यार्थी सँगसँगै सो ¥याली  गैंडाकोट १० र ११ मा गरिएको थियो ।


विद्यालयले २०८१ मा पहिलो पटक एसइइ परीक्षामा विद्यार्थीहरुलाई सहभागि गराएको हो ।