रोटरी क्लब अफ गैडाकोटले ढोडेनीको जगन्नाथ गाउँमा गर्यो खानेपानी परियोजना शिलन्यास

२०८२ असार ९ सोमबार १२:२६:०० मा प्रकाशित

गैँडाकोट । रोटरी  क्लब अफ गैडाकोटले ढोडेनीको जगन्नाथ गाउँमा रोटरि क्लब अफ गैडाकोटको खानेपानी परियोजना शिलन्यास गरेको छ। शनिबार गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले सो खानेपानी परियोजनाको शिलान्यास गर्नुभएको हो।  
गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले रोटरी क्लबले समाज विकासका लागि काम गरेको समुदायका लागि काम गरेको हुनाले नगरपालिका सँगसँगै रहेर सहकार्य समन्वय गरेर अगाडि बढ्ने बताउनुभएको छ । क्लबले समुदायमा गरेका राम्रा कामहरू आफूले देखेको र समुदायका लागि आवश्यक कामहरू पनि रोटरी क्लबले गरेको उहाँले बताउनुभयो ।


रोटरि क्लब अफ गैडाकोटका वर्ष २४–२५ का अध्यक्ष अधिवक्ता रमेश काफ्लेले जगन्नाथ गाउँमा शुद्ध खानेपानी शौचालय सिँचाइ र आनीबानी र व्यवहारमा सकारात्मक परिवर्तनका लागि काम गरेको बताउनुभएको छ । उहाँले यसभन्दा अगाडि रक्तदान स्वास्थ्य शिविर त्यस्तै गरेर समुदाय स्तरमा सचेतना सँगसँगै विभिन्न कामहरु पनि गरेको बताउनुभएको छ। कारागारमा रहेका कैदीबन्दीका लागि उहाँहरूको सकारात्मक सोच विकासका लागि पुस्तक वितरण गरेको पनि बताउनुभयो। नवदुर्गा आधारभूत विद्यालयमा स्टेसरी सामग्री वितरण गरेको सँगै चारजना बालबालिकाहरूका लागि अभिभावकत्व ग्रहण गरी पठनपाठनको व्यवस्था मिलाएको बुलिंगटार लगायतका क्षेत्रमा काम गरेका लगायतका अन्य कामहरू गरेको उहाँले आफूले आफ्नो कार्यकालमा गरेका कामहरुलाई स्मरण गर्नुभएको थियो। विद्यालयमा छात्रा शौचालय निर्माण गर्ने कामलाई पनि अगाडि बढाइरहेको उहाँले बताउनुभयो  
गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले खानेपानी सिँचाइ कृषि सरसफाई जस्ता कुराहरू दिगो विकासको लक्ष्यसँग पनि सम्बन्धित भएकाले यी कार्यहरू समुदायका लागि निकै प्रभावकारी हुने र राम्रो भएको बताउनुभयो। यी कामहरूले समुदायमा राम्रो प्रभाव पार्ने पनि उहाँले बताउनुभयो। साथै आगामी दिनमा पनि सहकार्य समन्वय र हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो।


गैंडाकोट वडा नम्बर ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले रोटरिबक्लबले खानेपानी सिँचाइ र सुधारिएको चुलो अन्तर्गत रहेर विभिन्न कामहरू गर्नका लागि परियोजना अगाडि ल्याउँदा खुसी लागेको बताउनुभयो उहाँले समन्वय सहकार्य गर्दै नागरिकको सहजताका लागि काम गर्ने पनि बताउनुभएको छ। वडाले गर्न नसकेको काममा विभिन्न संघसंस्था र निकायसँग समन्वय गरेर पनि वडाले काम गरिरहेको उहाँले बताउनुभयो । 
रोटरि क्लब अफ गैडाकोटका पूर्व अध्यक्ष गोपेन्द्र केशरी न्यौपानेले परियोजना पर्नु र काम गर्नुभन्दा पनि त्यसलाई दिगो रुपमा राख्नु महत्वपूर्ण रहेको बताउनुभयो। समुदायका व्यक्तिहरू नै सचेत र सजग बने यस परियोजनाले दिगो रूप लिने पनि उहाँले बताउनुभएको छ। 


रोटरी क्लब अफ गैडाकोटले अन्तर्राष्ट्रिय परियोजना ल्याएर यो काम अगाडि बढाएको छ । यो परियोजनामा पाँचवटा कम्पोनेन्ट रहेको वर्ष २०२५–२६ का अध्यक्ष हिरालाल अर्यालले बताउनुभयो। खानेपानी, सिँचाइ, सरसफाई, धुवा रहित चुलो शौचालय र व्यवहारमा परिवर्तनका कुराहरू रहेको उहाँले बताउनुभयो । यसअघि रोटरी क्लबले नमुना भुजेल गाउँका रूपमा त्यहाँ रहेर काम गरेको पनि उहाँले बताउनुभएको छ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का एसिस्टेन्ट गर्भनर अशोक कुमार बस्नेतले  समुदायको विकास गर्ने दायित्व सरकारको भए तापनि स्रोत र साधनको अभावमा विभिन्न संघसंस्था र क्लबहरूले समुदाय स्तरमा रहेर राम्रो काम गरेको बताउनुभएको छ। रोटरी त्यस्तो संस्था हो जसले जसमा आबद्ध भएका व्यक्तिहरुले आफूले कमाएको केही बचत गरेको पैसाबाट अरुलाई सहयोग गर्ने र समुदायमा विकास र समुदायको आवश्यकता पूरा गर्नका लागि काम गर्ने संस्था रहेको बताउनुभयो। यसरी स्थानीय स्तरमा बनेका परियोजनाहरूले स्थानीयलाई सहयोग गर्ने र स्थानीयहरूले पनि परियोजनालाई दिगो रुपमा राख्नका लागि काम गर्नुपर्ने बताउनुभएको छ।
डिस्ट्रिक्ट ३२९२ डिस्ट्रिक्ट वास कमिटीको चियर गुनेश्वर महत्तोले अन्तर्राष्ट्रिय समुदायहरूसँगै सहकार्य र समन्वय गरेर अगाडि बढेको बताउनुभयो अन्तर्राष्ट्रिय स्तरका छवटा क्लब र गैडाकोट रोट्री क्लब सँगसँगै अन्यको पनि यसमा सहयोग रहेको छ। यो परियोजना करिब ४५ देखि ४८ लाख भित्रमा सम्पन्न हुने पनि उहाँले जानकारी दिनुभयो। शुद्धिकरण गरेको पानी यसबाट हरेक घरघरमा पु¥याउने,  २२ वटा धाराबाट फोहरा सिंचाई चलाएर ४२–४३ रोपनी जग्गामा सिँचाइको सुविधा हुने पनि उहाँले बताउनुभयो। एउटा शौचालयका लागि ५० हजार छुट्टाएको र गाउँमा रहेका २२ वटा घरमा नै शौचालय निर्माण गरिने पनि उहाँले जानकारी दिनुभयो। सँगसँगै इन्डक्सन चुलोलाई पनि प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । 


गाउँलाई पूर्ण सरसफाईयुक्त गाउँ बनाउने पनि यो परियोजनाको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो। साथै आयआर्जनमा पनि स्थानीयलाई जागरुक बनाउनका लागि सिँचाई सुविधा जसले गर्दा तरकारी खेती र अन्य केही गर्न सकिने साथै माछापालनका लागि पनि पानीको उपयोग गर्न सकिने उहाँले बताउनुभएको छ।
कार्यक्रममा गैंडाकोट वडा नम्बर ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा , रोटरियनहरू विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।