गैँडाकोटमा मोटरसाइकल र बोलेरो एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा दुई जना घाइते

२०८२ जेठ १६ शुक्रबार १८:५७:०० मा प्रकाशित

नवलपुर । नवलपुरको गैँडाकोटमा मोटरसाइकल र बोलेरो एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


गैँडाकोट नगरपालिका-२ भृकुटीचोकस्थित पूर्व-पश्चिम राजमागमा कांग्रेस चोकबाट चितवन तर्फ जाँदै गरेको लु ३ च ८४७७ नम्बरको बोलेरोलाई सोही दिशातर्फ जाँदै गरेको ना ६३ प २२६१ नम्बरको मोटर साइकलले ओभरट्याक गर्ने क्रममा विपरित दिसामा गुडिरहेको ना १ ज ४३४२ नम्बरको म्याजिक भ्यानमा ठोक्किँएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।


दुर्घटनामा मोटरसाइकल चालक पर्साको बहुदरमाई गाउँपालिका-८ का ३० वर्षीय उमाशंकर कुमार पण्डित र मोटर साइकलको पछाडि बसेका नवलपुर हुप्सेकोट गाउँपालिका-३ का ३० वर्षीय सागर पाण्डे घाइते हुनुभएको छ । 
घाइतेमध्ये पण्डितको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । यस्तै, पाण्डेको अवस्था गम्भीर रहेको छ । उहाँलाई हेलिकप्टरमार्फत काठमाण्डौमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।