गैंडाकोट नगरले गर्यो द्वन्द्व प्रभावित महिला तथा बालिकाहरूको लागि सम्मान तथा अन्तरक्रिया

गैँडाकोट । गैँंडाकोट नगरपालिकाले द्वन्द्व प्रभावित महिला तथा बालिकाहरूको लागि विहिबार सम्मान तथा अन्तक्र्रिया कार्यक्रम गरेको छ । वि.सं. २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ गते सम्मको १० वर्ष लामो सशस्त्र द्वन्दबाट प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावित भएका महिला तथा बालिकाहरूको गैँडाकोट नगरपालिकाले समष्टिगत आवश्यकता पहिचान गरेको थियो । उहाँहरूको योगदानको कदर गर्दै गँैंडाकोट नगरपालिकाले बिहिबार १८ औँ गणतन्त्र दिवसको अवसर पारेर सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गैँंडाकोट नगरपालिकाले द्वन्द प्रभावित महिला तथा बालिकाका लागि आवश्यक योजना र कार्यक्रमका साथ अगाडि बढ्ने बताउनुभएको छ । रेडक्रसको सभापति भएदेखि नै द्वन्द प्रभावित र यस क्षेत्रमा रहेर काम गरेको अनुभव भएकाले नगरपालिकामा हुँदा पनि आफूले न्याय संगत काम गरेको अधिकारीले बताउनुभयो ।
यस्तै गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले महिला दिदीबहिनीहरूको साथमा आफू सदैव रहेको बताउनुभएको छ । द्वन्द्वले पारेको प्रभावलाई तत्कालै पूर्ण रुपमा समाधान गर्न नसकेपनि प्रभावित महिलाहरूको घाउमा केही हदसम्म मलम लगाउन सक्दो प्रयास गर्ने बताउनुभएको छ । उहाँहरुकै सम्बोधनका लागि गैँडाकोट नगरपालिकाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीतिमा द्वन्द्व पिडित शब्दावली थपिएको र आगामी कार्यक्रमहरुमा सम्बोधन गर्दै लैजाने योजना रहेको बताउनुभएको छ ।
कार्यक्रममा गणतन्त्र ल्याउन योगदान पु¥याउने ४८ परिवारका सदस्यहरूकोे योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा द्वन्द प्रभावितहरू उषा सापकोटा, माया ठकुरी, गोमा रेग्मी सुवेदी, निर्मला पौडेल, लिलामाया सुनार, द्वन्द्व प्रभावित महिला सञ्जाल नवलपुरका अध्यक्ष पार्वती सिग्देल लगायतले आफ्नो विचार र धारणा व्यक्त गर्नुभएको थियो । उनीहरुले दुखेको घाउ कोट्याइएको भएपनि वडादेखि केन्द्रसम्म सबैलाई यसबारेमा थाहा भएको र सीपमूलक तालिम प्रदान गरेर आत्मनिर्भर हुने काममा सहयोग गरिदिए आभारी हुने बताए ।
उनिहरुले उच्च शिक्षाका लागि निःशुल्क हुनुपर्ने, रोजगारी प्रत्याभूत गर्नुपर्ने, सीपमूलक तालिम दिनुपर्ने बताए । यसले जीवनशैली सहज बनाउने उनिहरुको विश्वास रहेको छ ।
यसैगरी अहिले नगरपालिकामा ४८ जना महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान गरी डिजीटल डाटा तयार गरिएको छ । नेपाल सरकार गृह मन्त्रालयबाट जारी महिला शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धि दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनको शिलशिलामा ४८ जना महिला तथा बालिकाको पहिचान भएको थियो ।
सामाजिक विकास समिति संयोजक रत्नप्रसाद सापकोटाले द्वन्द्व प्रभावित महिलाहरूको लागि नगरले र वडाले आवश्यक काम गर्दै अगाडि बढ्ने बताउनुभएको छ ।
नगरकार्यपालिका सदस्य शान्ति न्यौपानेले पनि द्वन्द प्रभावितहरूको साथमा आफूहरू सदैव रहेको र आवश्यक र सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
महिला तथा बालबालिका शाखा प्रमुख सीताकुमारी लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण विजय विकास स्रोत केन्द्र न्यायका लागि साहस परियोजना ३ दशमलव ० का कार्यक्रम संयोजक नर्मदा पाण्डेले गर्नुभएको थियो ।
कार्यक्रममा गँैडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, नगर शिक्षा अधिकारी डा. बालकृष्ण चापागाई, गैँडाकोट १४ का वडाध्यक्ष कोकीसरा राना मगर, कार्यपालिका सदस्यहरू शान्ता घर्ती, ईश्वरी जि.शी, कमला आचार्य, सीता दराई, वडा सदस्य शुशिला परियार, योजना तथा अनुगमन शाखाका प्रमुख लिलाधर शर्मा, आर्थिक विकास शाखाका प्रमुख देवेन्द्र गौतम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विजय विकास स्रोत केन्द्रको समन्वय र सहकार्यमा नगरपालिकाले गरेको हो ।