गैँडाकोटको अक्सफोर्ड कलेजमा भावातीत ध्यानको वैज्ञानिक महत्त्व र जीवनमा प्रभाव विषयक विशेष गोष्ठी सम्पन्न
गैँडाकोट । गैँडाकोटको अक्सफोर्ड कलेजमा बुधबार भावातीत ध्यानको वैज्ञानिक महत्त्व र जीवनमा यसको प्रभाव विषयक विशेष गोष्ठी सम्पन्न भएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसनको आयोजनामा भएको सो गोष्ठमा ध्यानको वैज्ञानिक पक्षमा गहिरो विश्लेषण गरिएको थियो । दैनिक जीवनमा ध्यानबाट हुने रूपान्तरणकारी लाभ र व्यक्तिगत तथा सामाजिक विकासमा भावातीत ध्यानको योगदानको बिषयमा चर्चा परिचर्चा गरिएको थियो ।
सो गोष्ठिमा मुख्य वक्ताहरू अन्तर्राष्ट्रिय वैज्ञानिक तथा ध्यान अनुसन्धान विशेषज्ञ डा. किन्स्ली ब्रुक्स, पूर्व गृहराज्यमन्त्री तथा समाजसेवी दीपकप्रकाश बाँस्कोटा, भावातीत ध्यान सिद्धि प्रशिक्षक माधव अर्याल, भावातीत ध्यान शिक्षक भरतराज पौडेल रहनुभएको थियो ।
मानिस आफै द्धन्द्धमा रहेर अरुलाई समेत द्धन्द्धमा पारेको हुनाले मानिस आफ्ले खोजेको कुरा समझ, सोचको स्रोत रहेको हुनाले यस भावातित ध्यानले मानिसभित्रको ज्ञानलाई जगाउने भावातीत ध्यान शिक्षक भरतराज पौडेलले बताउनुभयो ।