हरिकिर्तन महिला विकास समुहको १५ औँ साधारण सभा एवं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

गैँडाकोट । हरिकिर्तन महिला विकास समुह गैँडाकोटले १५ औँ साधारण सभा एवं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
संस्कृत विद्या सन्यास आश्रम भैरहवा रुपन्देहीका पिठाधिश १ हजार ८ रुवामी श्री शान्तानन्द सरस्वती महाराजले धर्म र धार्मिक महत्तवका बिषयमा जानकारी गराउनुभयो । हरिकिर्तन महिला विकास समुहका अध्यक्ष प्रमिला तिवारी सापकोटाले धार्मिक रुपमा अगाडी बढ्दा सबैको सहयोग पाएको र आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
समुहको प्रगती प्रतिवेदन सचिव सुलोचना आचार्य गौतमले प्रस्तुत गर्नुभएको थियो । आर्थिक प्रतिवेदन समुहका कोषाध्यक्ष दानुकुमारी घिमिरे भण्डारीले गर्नुभएको थियो ।
संस्थापक अध्यक्ष तारा भुषालले २०६५ सालमा स्थापना भएको र विभिन्न आरोह अवरोहकाबिच मन्दिर निर्माण गरी समुहलाई अगाडी बढाएको बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष प्रकाश सापकोटा, निवर्तमान वडाध्यक्ष हरिप्रसाद सापकोटा, समुहका सल्लाहकार संयोजक देवि पोख्रेल, बिभिन्न सामाजिक व्यक्तित्व, धार्मिक व्यक्तित्व, जनप्रतिनिधि लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा उपाध्यक्ष तारादेवि सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण सचिव सुलोचना आचार्य गौतमले गर्नुभएको थियो ।