जैविक विविधता सप्ताह अन्तर्गत नारायणी किनारमा सरसफाई

नवलपरासी पूर्व । अन्तर्राष्ट्रिय जैविक विविधता सप्ताह अन्तर्गत शनिबार नारायणी नदी किनारमा सरसफाई गरिएको छ ।
बाग्लुङ मूलपानी चितवन नवलपुर समाज, सहमति, एसडीआरसी, गैँडाकोट प्रहरी र स्थानीयको सक्रियतामा गँैडाकोट २ नारायणी किनारमा फालिएका फाहोरहरु संकलन गरेर सरसफाई गरिएको छ ।
नदीसंगै अभियान चलाइरहेको सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले १४ भन्दा बढी संघसंस्थाहरुबाट नदी संरक्षणको साझा अभियान गरिरहेको बताउनुभयो ।
बाग्लुङ मूलपानी चितवन नवलपुर समाज नेपालका अध्यक्ष ध्रुवप्रसाद न्यूरेले विगत ३÷४ वर्षदेखि नदीनाला सफाई देखि सामाजिक काममा संस्थाले काम गर्दै आइरहेको बताउनुभयो ।
सरसफाई अभियानमा भरतपुर १२ का वडा अध्यक्ष लेखराज पन्त, एसडिआरसीका अध्यक्ष हुमकान्त आचार्य, बाग्लुङ मूलपानी चितवन नवलपुर समाज नेपालका पदाधिकारी, गैँडाकोट प्रहरी र स्थानीयको सहभागिता रहेको थियो ।