नागढुङ्गा-नौबिसे सडक आजदेखि दैनिक साढे चार घण्टा बन्द हुने

२०८२ जेठ ११ शनिबार १२:४५:०० मा प्रकाशित

काठमाडौँ । सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­-नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ-मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ ।


काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको जानकारी दिनुभयो । आयोजनाले नागढुङ्गा-पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ । नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौँ आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ ।


प्रहरीले विकल्पमा धार्के­-सीतापाइला तथा टोखा­-छहरे-त्रिशूली-­गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ । रासस