हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडक खण्ड १२ घण्टापछि सञ्चालनमा

२०८२ जेठ ११ शनिबार १५:३२:०० मा प्रकाशित

हेटौंडा । शुक्रबार साँझ बगुवा खोलामा आएको बाढीका कारण अवरुद्ध बनेको हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडक खण्ड अवरुद्ध भएको १२ घण्टापछि सञ्चालनमा आएको छ ।


ललितपुरको बागमती गाउँपालिका-२ र मकवानपुरको भीमफेदी गाउँपालिका-८ बगुवास्थित बागमती पुल जोड्ने डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध कान्तिलोकपथ सडक पूर्ण सञ्चालनमा ल्याइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।