अभिभावक ज्यू, हाम्रो दायित्व पुरा गरौँ

अहिले शिक्षकहरुको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयहरु बन्द छन् । घरमै रहेका बालबालिकाहरुको पठनपाठन व्यवस्थापन, पूर्वतयारी तथा नयाँ भर्नाका लागि अभिभावकहरुले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । विशेष गरी नयाँ शैक्षिक सत्रको सुरुवातमा — अभिभावकहरूले केही महत्वपूर्ण कदमहरू चाल्न सक्छन् जसले बालबालिकाको शिक्षा निरन्तरता कायम राख्न र उनीहरूको विकासलाई सकारात्मक ढंगले अगाडि बढाउन सहयोग पु¥याउँछ। म केही सुझाब तपाईंलाई प्रस्तुत गर्दछु ।
शैक्षिक सामग्री उपलब्ध गराउनुहोस् । विद्यालय बन्द भएपनि आफ्ना नानीबाबुको कक्षा अनुसार नयाँ शैक्षिक सत्रका लागि आवश्यक किताब, पुस्तक, कपी, कलम जस्ता सामग्री तयार गरिदिनुहोस् । किताब र कपिमा गाता लगाइदिनुहोस् । कुन पुस्तक किन्ने भन्ने अझै अन्यौलता छ भने विद्यालयका प्रतिनिधिसँग भेट गर्नुहोस्, जानकारी लिनुहोस् । औपचारिक रुपमा भर्ना अभियान नभनेपनि विद्यालयमा नानीबाबुको नाम सूचिकृत भइरहेको हुनसक्छ्, यसमा चासो राख्नुहोस्, विद्यालयका शिक्षक प्रतिनिधिसँग भेट गर्नुहोस्, सल्लाह लिनुहोस् । भर्ना गर्नुहोस् ।
घरेलु पठनपाठनको वातावरण तयार गर्नुहोस् । विद्यालय खुलेनन भनेर चिन्ता नलिनुहोस्, घरमै पढ्नका लागि शान्त र व्यवस्थित स्थान तयार गरिदिनुहोस् । अघिल्लो वर्ष पढेका पाठहरु पढ्न पुन ः पढ्न लगाउनुहोस् । यस शैक्षिक सत्रका किताबमा भएका कविता, कथा, निबन्ध तथा अन्य पाठहरु विहान र बेलुका पढ्न लगाइदिनुहोस् । बालबालिकालाई दैनिक समयतालिका बनाएर नियमित रूपमा अध्ययन गर्न प्रेरित गर्नुहोस् । अभिभावकको तर्फबाट सिकाउन सकिने कुराहरुका लागि यो राम्रो अवसर हो । सम्भव भए केही समय छुट्याउनुहोस्, उनिहरुसँगै बस्नुहोस्, कुराकानी गर्नुहोस्,
साझेदारी र समूह अध्ययन प्रवद्र्धन गर्नुहोस् । छिमेकका अरु अभिभावकहरूसँग समन्वय गरेर समूहगत रूपमा बालबालिकालाई सिकाउन सकिने वातावरण बनाउनुहोस् । सामूहिक पठनपाठनले उत्साह र अनुशासनमा सहयोग पु¥याउँछ । यसका लागि दिउँसोको समय छनोट गर्नुहोस् । परिवारका अग्रजमध्येबाट कोही फुसर्दीलो सदस्यहरुले सो को सहजीकरण गर्नुहोस् ।
बालबालिकासँग समय बिताउनुहोस् । बालबालिकासँग कुराकानी गर्दै उनीहरूको भावना बुझ्नुहोस् । उनीहरूलाई पढाइको महत्त्व सम्झाउँदै सकारात्मक सोच विकसित गराउनुहोस् । रमाइला गतिविधि गर्नुहोस् । अभिभावकले सधैँ पढाउँछन् भन्ने महशुस नगराउनुहोस् । सधैँ दिनभर के सिक्यो ? के पढ्यौ ? के अप्ठेरो लाग्यो ? भनेर सोध्नुहोस् ।
अनौपचारिक तर सिक्न मिल्ने गतिविधि गराउनुहोस् । विभिन्न क्रियाकलापमा उनिहरुलाई सहभागि गराउनुहोस्, उदाहरणका लागि निबन्ध लेखन, कथा सुनाउने, चित्रकला, कविता, सरसफाई, बगैँचा, करेसाबारी, घर सफाई, भान्छाकोठाबाट सिक्न सकिने सीपहरु, घरको हिसाब किताब सिकाउने जस्ता जीवनोपयोगी सीपमा आधारित गतिविधिहरू गराउनुहोस् । सीपले तपाईंका सन्तान थप जिम्मेवार हुनेछन् । आफूपनि पहिलो शिक्षक हुँ भन्ने सोच्दै भूमिका निभाउनुहोस् । कहानी सुनाउने, चित्र बनाउने, घरको हिसाब–किताब सिकाउने जस्ता जीवनोपयोगी सीपमा आधारित गतिविधिहरू गराउनुहोस् ।
धैर्य र मनोबल उच्च राख्नुहोस् । परिस्थिति सामान्य नभए पनि अभिभावकले धैर्य राख्दै बालबालिकालाई सकारात्मक प्रेरणा दिन सकिन्छ । सकरात्मक हुन र सकारात्मक बन्न सिकाउनका लागि पनि स्वयं तपाइ सकारात्मक हुन जरुरी छ । अन्त्यमा दिनभर भएका हरेक गतिविधि एउटा डायरीमा लेख्न प्रेरित गर्नुहोस्, यसले लेखन, स्मरण, राम्रा नराम्रो विश्लेषण, सकारात्मक चिन्तन तर्फ बालबालिकालाई अघि बढ्न मद्धत गर्दछ । आफ्नो सन्तानको लागि यति पनि नगर्ने त ? शिक्षक आन्दोलनमा सरकार र शिक्षकबीच सहमति बनोस्, विद्यालय खुल्ने वातावरण बनोस्, तबसम्मको लागि अभिभावकले पनि आफ्नो दायित्व पुरा गर्दै राखौँ