दाङमा एक व्यक्तिले चलाए आफैंमाथि गोली

काठमाडौं । दाङमा एक व्यक्तिले आफैंमाथि गोली चलाएका छन् । तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन् । गोली चलाएका आचार्यको मृत्यु भइसकेको प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले जानकारी दिनुभयो ।
रेडक्रस दाङका पूर्वअध्यक्ष समेत रहेका आचार्यले किन आफैंमाथि गोली चलाए भन्ने बारे नखुलेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले बताउनुभयो ।