टिकटकमा पेस्तोल देखाएर भिडियो बनाउने २१ वर्षीय यादव पक्राउ

२०८२ बैशाख ८ सोमबार १२:५०:०० मा प्रकाशित

काठमाडौं । टिकटकमा पेस्तोल देखाएर भिडियो बनाउने एक व्यक्ति प्रकाउ परेका छन् ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ महादेव बस्ने २१ वर्षीय रघुबिन्द यादवले टिकटक एकाउन्टमा पेस्तोल देखाएर भिडियो बनाई पोष्ट गरेका थिए । सोही भिडियोको आधारमा इलाका प्रहरी कार्यालय पकडीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनले वैशाख ६ गते करिब साढे ६ बजे पेस्तोल देखाएको भिडियो टिकटकमा पोष्ट गरेका थिए ।