राष्ट्रिय युवासंघ नेपाल नवलपुरको अध्यक्षमा रमेश ढकाल निर्वाचित

गैँडाकोट । नेकपा एमालेको युवासंगठन राष्ट्रिय युवासंघ नेपाल नवलपुरको अध्यक्षमा रमेश ढकाल निर्वाचित भएका छन् । सदरमुकाम कावासोतीमा आज भएको १० औँ जिल्ला अधिवेशनको बन्दसत्रले ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
गत माघ २० गते गैँडाकोटको श्रीराम पार्टी प्यालेसमा अधिवेशनको उद्घाटनशत्र चलिरहदा संघका तत्कालिन जिल्ला उपसचिव तवारक मियाको हृदयघातका कारण निधन भएपछि रोकिएको अधिवेशनको बन्दसत्र हिजो भएको हो ।
संघको जिल्ला उपाध्यक्षमा देव गाहा (मगर) सचिवमा ढुण्डीराज केसी, कोषाध्यक्षमा एकनारायण पौडेल र सहसचिवमा प्रविण सापकोटा र कमल केसी सर्वसम्मत चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष ढकालले सबै युवाहरुको भावना समेटेर संगठनलाई चलायमान बनाउने बताउनुभएको छ ।