कक्षा १२ को परीक्षा स्थगित भएको छैन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षा हालसम्म स्थगित नगरिएको जनाएको छ । सामाजिक सञ्जालमा कक्षा-१२ को परीक्षा स्थगित भएको भनि भ्रामक प्रचारप्रसार हुन थालेपछि बोर्डले विज्ञप्ति जारी गर्दै स्थगित नभएको जानकारी दिएको हो।