हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता नरहेको प्रधानमन्त्री ओलीको भनाई

२०८२ बैशाख ५ शुक्रबार १४:२७:०० मा प्रकाशित

 चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता नरहेको बताउनुभएको छ । चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बेधन गर्दै उहाँले कांग्रेस र एमाले जस्ता ठूला र इतिहास बोकेका दलहरुले देशमा विकास र सुशासन दिनका लागि एकसाथ मिलेर सरकार गठन गरिएको बताउनुभयो ।

 

प्रधानमन्त्री ओलीले हल्लाको पछाडि लाग्नुपर्ने कुनै आवश्यकता नरहेको हुदाँ ढुक्कका साथ विकास निर्माणका काममा अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।