भारतीय पर्यटक पोखरा घुम्न आउँदा बस दुर्घटना, २१ जना घाइते
2025-04-18-02-06-30.jpeg)
रूपन्देही । भारतबाट भ्रमणका लागि पोखरा जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । भारतको लखनउबाट भ्रमणका लागि पोखरा जाँदै गरेको युपी ३२ एमएन ९६६६ नम्बरको गाडी कोइलाबास लमही सडक खण्डको गढवा गाउँपालिका-५ चिसापानीमा दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख कालिका कार्कीका अनुसार चिसापानीको ओरालोमा बस अनियन्त्रित भएर दुर्घटना भएको थियो । बसमा २५ जना यात्रु सवार थिए । घाइतेहरूलाई उपचारका लागि लमही अस्पताल लगिएको छ ।