प्राविधिक समस्याका कारण प्रहरीको वेबसाइट अवरुद्ध

२०८२ बैशाख ५ शुक्रबार १३:०१:०० मा प्रकाशित

काठमाडौँ । नेपाल प्रहरीले प्राविधिक समस्याका  कारण आफ्नो अनलाइन प्रणाली अवरुद्ध भएको जनाएको छ।
प्रहरीले सूचना जारी गर्दै वेवसाइट अवरुद्ध हुँदा अनलाइन जरिवाना भुक्तानी प्रणालीसहितका सेवा अवरुद्ध भएको जनाएको हो ।


सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति प्रहरीले क्षमा याचना गरेको छ।