चितवनमा शारीरिक अपांगता भएका ९ जनालाई ह्विलकार्ट वितरण

२०८२ बैशाख २ मंगलबार १६:३७:०० मा प्रकाशित

चितवन । चितवनको माडीमा रहेका ९ जना अपांगहरुलाई ह्विलकार्ट (ह्विलचेयर) वितरण गरिएको छ । हिड्डुलमा सहजता ल्याउन लायन्स क्लब अफ माडी इकोले ९ जना शारीरिक अपांगता भएकाहरुलाई ह्विलकार्ट वितरण गरेको हो ।

 

एनआरएनए एनसीसी-यूएसएको सहयोग र माडी नगरपालिकाको समन्वयमा माडी इको लायन्स क्लबले माडीको बसन्तपुर बजारस्थित खुला मञ्चमा एक कार्यक्रमको आयोजना गरी नगर क्षेत्रका शारीरिक अपांगता भएका व्यक्तिहरुलाई ९ जनालाई उक्त सामग्री प्रदान गरिएको क्लबका प्रथम उपाध्यक्ष हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।


न्यौपानेका अनुसार स्थानीय जिताराम महतो, राजन घिमिरे, जानकी महतो, टंकप्रसाद दाहाल, खेमप्रसाद गौडेल, मोहन पोख्रेल, प्रेम पौड्याल, मीनबहादुर खत्री र बालकृष्ण काफ्लेलाई उक्त सामग्री सहयोग गरिएको छ । क्लबले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष सुवास कुमार तिवारीले बताउनुभएको छ ।


सामग्री वितरण कार्यक्रममा लायन्स क्लब युएसएका स्पेशियालिटी क्लबको अर्डिनेटर एवं श्रीराम संस्था अमेरिकाका अध्यक्ष ई.थलराज पन्तको प्रमुख आतिथ्य भएको थियो । कार्यक्रममा माडी लायन्सका डाइरेक्टरहरु गोविन्द नेपाल, उद्धव थापा, देवनारायण शाह, क्लब कोषाध्यक्ष प्रवीन देवकोटा, क्लबका सल्लाहकार भागिरथ बस्याल, अपांगता समाज माडीका अध्यक्ष यमबहादुर अधिकारी, लायन कुलानन्द भुसाल लगायतको उपस्थिति रहेको थियो ।