त्रिवि उपकूलपतिको जिम्मेवारी प्रा.डा.केसीलाई

२०८२ बैशाख २ मंगलबार १६:२०:०० मा प्रकाशित

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिनुभएको छ।


त्रिविको कुलपति समेत रहनुभएका ओलीले उपकुलपतिको जिम्मेवारी प्रा.डा.केसीलाई दिनुभएको हो । केसीलाई अर्को व्‍यवस्था नहुन्जेलसम्मका लागि उपकुलपतिको जिम्‍मेवारी दिइएको हो ।

 

यसअघि प्रा.डा. केशरजङ्ग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि उक्त पद खाली थियो ।