विजय सामुदायिक शिक्षा सदनले गर्यो उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण

२०८१ चैत २९ शनिबार १७:०६:०० मा प्रकाशित

गैंडाकोट । विजय सामुदायिक शिक्षा सदनले शनिवार शैक्षिक सत्र २०८१ को परिक्षाफल प्रकाशन तथा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको छ । उत्कृष्ट भइ पुरस्कृत हुने विद्यार्थीलाई हौसला प्रदान गर्दै गैंडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले अभिभावक र शिक्षक दुबैको सहकार्यले मात्र विद्यार्थीले सफलता प्राप्त गर्ने बताउनुभयो । 

 

१२ सय बढी विद्यार्थी अध्ययनरत विद्यालयले शनिवार उत्कृष्ट शैक्षिक उपलब्धी, अनुशासन, पोषणयुक्त घरायसी खाजा, समूहको नेतृत्व लगायतका विभिन्न विधामा विद्यार्थीलाई पुरस्कृत गरेको विद्यालयका प्रधानाध्यापक चक्रधर पौडेलले बताउनुभयो । विजय सामुदायिक शिक्षा सहकारीका अध्यक्ष  परमेश आचार्यले समयअनुकुल, प्रविधि र व्यवहारयुक्त सीप सिकाउने गरि शिक्षण कृयाकलाप अघि बढाईरहेको बताउनुभयो ।