आजदेखि प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमण

२०८१ चैत १८ मंगलबार ०६:०८:०० मा प्रकाशित


काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैंककतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो ।  प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली आज दिउँसो साढे १ बजे थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गर्नेछ । चैत २२ गते बिमेस्टक शिखर सम्मेलनमा सहभागी तथा सम्बोधन हुने कार्यक्रम रहेको छ ।