गैडाकोट नगरपालिकाद्वारा आर्थिक बर्ष २०८०–०८१ को सार्वजनिक सुनुवाई सम्पन्न

२०८१ चैत १४ शुक्रबार १९:२१:०० मा प्रकाशित

गैँडाकोट । गैडाकोट नगरपालिकाले आर्थिक बर्ष २०८०–०८१ को सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । शुक्रबार हामी सबैको साझा अठोट ः शान्त, समुन्नत, सुन्दर गैँडाकोट भन्ने मुल नाराका साथ अघि बढिरहेको गैँडाकोट नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम गरिएकोे नगरपालिकाले जनाएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकले ढल, भल निकास, कर, स्वास्थ्य, शिक्षा, दमकलको व्यवस्थापन, कृषि, सुकुमवासी समस्यालाई अध्ययन गरि समाधान गर्न कार्य गर्नुपर्ने बताएका छन । उनिहरुले नागरिकलाई सहज बनाउन, स्वरोजगारको स्थापना गर्न र भएका काम चुस्त दुरुस्त भयो कि नाई अनुगमन गर्न आवश्यक रहेको बताएका छन । 


गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले सार्वजनिक सुनुवाइमा उठेका प्रश्नहरुको जवाफ दिदैँ समृद्ध नगर बनाउनका लागि सबैसँग हातेमालो गरेर अगाडी बढेको बताउनुभयो । उहाँले विद्युत, तटबन्धन, खाने पानी तथा ढल निकासा, भृकुटीको समस्या समाधानमा कदम चालेको बताउनुभयो । उहाँले सांसद, मन्त्रीसम्म पनि यी कुराहरुलाई पु¥याएको  तर पनि उचित सम्बोधन हुन नसकेको भन्दै नागरिकको समस्या बुझ्न र नगरलाई समृद्ध बनाउने काममा आफुले कुने काम बाकीँ नराख्ने नगरप्रमुख अधिकारीले बताउनुभएको छ । 

 

गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविन्द्र खनालले बेरुजु पहिले भन्दा धेरै भएको नभइ पहिलेकै बेरुजुमा केही थप मात्र भएको बताउनुभयो । उहाँले आएका प्रश्नको जवाफ दिदैँ सडक लाइट, त्यस्तै गरेर रिङ्ग रोडलाई प्राथमिकता दिएको बताउँदै बिशेष गरी स्वास्थ्य, शिक्षा, कृषि र उत्पादनलाई बढि प्राथमिकता दिएर नगरपालिका अगाडी बढेको बताउनुभयो । 

 

विषयगत समितिका संयोजकहरु पूर्वाधार विकास समिति संयोजक प्रेम सापकोटाले आएका प्रश्नहरुको जवाफ दिनुभएको थियो । गैँडाकोट नगरपालिकाका नगर प्रवक्ता शिवकान्त तिवारीले गैँडाकोट नगरकार्यपालिकाको कार्यालयबाट सेवाग्राहीहरुलाई उपलब्ध गराइएका वा गराइने सेवा सुविधाहरुको बारेको जानकारी, कार्यालयबाट चालू आार्थिक वर्षमा सञ्चालन भएका र गर्न लागिएका योजना, परियोजना, कामका बारेमा जानकारी प्रस्तुत गर्दैे गैँडाकोट नगरपालिकाको संक्षिप्त प्रगति विवरण राख्नुभएको थियो ।  


यस्तै सो सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गैँडाकोट नगरपालिकाका नगर सभापति बद्री सापकोटा, यस्तै नेकपा एमाले गैँडाकोटका नगर अध्यक्ष कृष्ण कँडेल, राष्ट्रिय स्वतन्त्र पार्टी गैँडाकोटका अध्यक्ष विमल घिमिरेल, नेकपा माओवादी केन्द्रका प्रतिनिधि नगरपालिकाले गरेका राम्रा कामलाई निरन्तरता दिदैँ नागरिकका गुनासा सम्बोधन गर्न आग्रह गर्नुभयो । 


सो कार्यक्रममा बिभिन्न सामाजिक व्यक्तित्व, राजनितिकर्मी, युवा, टोल सञ्जालका प्रतिनिधि, जनप्रतिनिधि, कार्यपालिका सदस्य, वडाध्यक्ष र सदस्यहरु, नगरपालिकाका कर्मचारी, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।