मौलाकाली वनले गर्यो वन डडेलो सम्बन्धि अन्तरक्रिया 

२०८१ चैत १३ बिहीबार १४:२६:०० मा प्रकाशित

गैँडाकोट । मौलाकाली सामुदायिक वन उपभोक्ता समुहले वन कार्यालय परिसरमा वन डडेलो सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ । सो कार्यक्रममा बोल्दै वनका अध्यक्ष हरिप्रसाद सापकोटाले  उपभोक्ताको सक्रियताले वन संरक्षणमा ठुलो भुमिका खेलेर खटिरहनु भएको बताउनुभयो । २१ जनाको समुहले उपभोक्ता बिना केही गर्न नसक्ने बताउदै सबै सङ्ग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । वनलाई डडेलो बाट जोगाउन सबै निकायसँग समन्वय गरेर अगाडी बढ्ने बताउनुभयो । 

कार्यक्रममा सब डिभिजन वन कार्यालय गैंडाकोटका फरेस्टर दिनेश केसिले २२ सामुदायिक वनमध्ये २० सामुदायिक वनमा डडेलो लागेको जानकारी दिदैँ यस बर्ष अझै सुख्खा मौसम र पानी नपर्नाले डडेलो को जोखिम बढाएको बताउनुभयो । यस बर्ष अहिलेसम्म डडेलो बाट वन जोगाउन सकेको समेत उहाँको भनाइ छ । टोलि प्रमुख , मोबाइल टोलि र प्लट बनाएर काम गर्नु राम्रो कुरा रहेको बताउनुभयो । सचेत उपभोक्ता भएको र क्रियाशिल उपभोक्ता भएको सामुदायिक वन मौलाकाली सामुदायिक वन रहेको पनि उहाँले बताउनुभयो । 

पुर्व वन अधिकृत ज्योति कोइरालाले डडेलो वन संरक्षणको सबैभन्दा ठुलो चुनौती बन्दै आएको बताउदै यसलाई निर्मुल गर्न सबै एकजुट हुनपर्ने बताउनुभयो । उहाँ ले भौगोलिक बनोटले पनि अझै डडेलो चुनौती बनेको बताउनुभयो । ताप, अक्सिजन, पात पतिङ्गरले डडेलो लाग्ने हुदा यसमा ध्यान दिनपर्ने बताउनुहुन्छ। उहाँले पात डडाउने भन्दा पनि यसलाई कम्पोष्ट मल बनाउनतिर ध्यान दिन सके राम्रो हुने बताउनुभयो । 

ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख कमला नरालले सबैलाई डडेलो लगाउन हुदैन भन्ने थाहा हुदाहुदै पनि डडेलो लाग्नु नराम्रो भएको भन्दै सबै सचेत हुनपर्ने बताउनुभयो । आफ्नै छिमेकी र साथी ले गल्ती गरेको छ के भन्नू भनेर सूचना नदिदा वन र वन्यजन्तु सङ्गै वातावरणमा असर गरेको बताउनुभयो । उहाँले सचेत बनेर देखेमा सूचना दिन आग्रह गर्नुभयो ।उपाध्यक्ष भगवान घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको संचालन सचिव इन्दिरा देवि शर्माले गर्नुभएको थियो ।
उपभोक्ताले लाइट, बासको कुचोको व्यवस्था गर्न माग गरेका छन । यस्तै वन ऐन अनुसार डडेलो लगाउनेलाई विगो सहित ३ बर्ष कैद र ६० हजार जरिवाना लाग्नेछ ।