नवलपरासीपूर्व वितरक संघको अध्यक्षमा जितबहादुर खनाल सर्वसम्मत चयन

गैँडाकोट । नवलपरासीपूर्व वितरक संघको अध्यक्षमा जितबहादुर खनाल सर्वसम्मत चयन हुनुभएको छ । यस्तै प्रथम उपाध्यक्षमा जिवन रेग्मी, उपाध्यक्षमा महेश सिग्देल, महासचिव पूर्णप्रसाद खराल राजन, कोषाध्यक्ष गुरुपसाद नेपाल, सचिव सुमन अर्याल, सदस्यहरुमा सुरज रेग्मी आशिष थापा, कृष्ण सुवेदी चयन हुनुभएको निर्वाचन समितिका संयोजक दिपक सापकोटाले बताउनुभयो ।
नवलपरासीपूर्व वितरक संघका नवनिर्वाचित अध्यक्षमा जितबहादुर खनालले वितरकहरुको हक हितका लागि सदैव काम गर्ने बताउनुभयो । उहाँले सबैका समस्या समाधान गर्न सबैसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा बोल्दै उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले व्यवसायीहरुले कर तिर्ने दायित्व निर्वाह गरेपनि राज्यले उचित सम्बोधन र संरक्षण दिन नसकेको गुनासो गर्नुभयो । राज्यले दायित्व लिनुपर्ने र सहज वातावरण बनाउनपर्नेमा उहाँको जोड थियो । साथै उहाँले वितरक र व्यवसायीलाई संयम अपनाउन आग्रह गर्नुभएको थियो ।
जिल्ला उद्योग बाणिज्य महासंघ नवलपुरका अध्यक्ष दिपक सापकोटाले वितरकहरुले समाजमा रोजगारी सिर्जना गर्ने र राज्यलाई करोडौ कर तिर्ने व्यवसायीलाई संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा वडाध्यक्षहरु प्रकाश सापकोटा, धामनाथ सापकोटा, अधिकृत बिक्रेता संघका अध्यक्ष राम्जी घिमिरे, उद्योग बाणिज्य संघ चितवनका उपाध्यक्ष नारायण प्रधान, नेपाल वितरक महासंघका केन्द्रिय सदस्य कुलप्रसाद अधिकारी, चितवन मदिरा तथा प्रोज्भीजनल व्यवसायी संघका अध्यक्ष राम बस्नेत, बरिष्ठ उपाध्यक्ष निर्मल पौडेल नवलपुर मदिरा तथा प्रोज्भीजनल व्यवसायी संघका अध्यक्ष रेशमलाल चापाँगाई, नेपाल बजार बिक्रि प्रतिनिधि संघ नाम्सका केन्द्रिय महसचिव रमेह नेपाल, बजार व्यवस्थापन तथा बिक्रेता कर्मचारी संघ नारायणी इकाइका अध्यक्ष रामबाबु घिमिरे, केन्द्रिय सदस्य योगप्रसाद तिमिल्सीना, विजयश्री कृषि उपभोक्ता सहकारी संस्था कोषाध्यक्ष डिलाराम सापकोटा, निर्वाचन समितिका सदस्यहरुमा हरि बरुवाल र किशोर प्रधान रहनुभएको थियो । यस्तै बिभिन्न कम्पनीका प्रतिनिधि, व्यवसायी र वितरकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा कार्यक्रम संयोजक एवं कोषाध्यक्ष गुरुपसाद नेपालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने महासचिव पूर्णप्रसाद खराल राजनले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।