महिला सञ्जाल गैँडाकोट ४ ले गर्यो नारी दिवसमा बिबिध खेल कार्यक्रम

गैँडाकोट । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी महिला सञ्जाल गैँडाकोट ४ ले बिबिध खेल कार्यक्रम गरेको छ । सो कार्यक्रममा चम्चा गुच्चा खेल, म्युजिकल चियर, घैँटो फुटाई, वेलुन फुटाइ लगायतका खेलका कार्यक्रम गरिएको महिला सञ्जाल गैँडाकोट ४ की अध्यक्ष अनिता काफ्लेले बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले महिला क्षमता विकास र शशक्तिकरण का लागि काम गरिरहेको बताउनुभयो । महिलाको अवस्था हेरेर गैँडाकोट नगरपालिकाले अपनत्व लिने पनि उहाँको भनाई छ ।
सो कार्यक्रममा गैँडाकोट ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरे, नगरकार्यपालिका सदस्य शान्ता घर्ति, निवर्तमान नगरकार्यपालिका सदस्य संगिता पण्डित, वडा सदस्यहरु इन्द्रकला घिमिरे, धनमाया परियार, हरि पौडेल, समाजसेवी टोलनाथ घिमिरे, बामदेव घिमिरे, कमला अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम महिला सञ्जाल गैँडाकोट ४ का सचिव शोभा घिमिरेले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य कोषाध्यक्ष लक्ष्मी कमलीले गर्नुभएको थियो ।