सरस्वती निकेतनले मनायो ३२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

गैँडाकोट । सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालयले ३२ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम गरेको छ । विद्यालय परिसरमा एक कार्यक्रम गरी वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले विद्यालयले शिक्षा क्षेत्रमा सरस्वतीले योगदान पु¥याएको र आगामी दिनमा पनि यसरी नै अगाडी बढ्न सुझाव दिनुभयो ।
गैँडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख, उपसचिव डा. बालकृष्ण चापाँगाइले विद्यालयको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिचन्द्र चालिसेले व्यवहारिक ज्ञान र विद्यार्थीले सहज सिक्ने शैलिबाट अध्ययन, अध्यापनलाई जोड दिएर अगाडी बढेको बताउनुभयो । साथै आगामी दिनमा अझै व्यवस्थापनलाई नयाँ ढङ्गले अगाडी बढाउने पनि बताउनुभयो ।
विद्यालयका प्राचार्य भरतबाबु कँडेलले विद्यालयमा आगामी बर्षदेखि होल्डीङ एण्ड केयरिङ सेन्टर बनाएर अगाडी बढ्ने गरी पूर्वाधार तयार गरिरहेको बताउनुभयो । उहाँले स्थानीय सरकारले शिक्षा क्षेत्रको मूल्याङ्कन र मापदण्डका बिषयमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । कक्षा ९ र १० का लागि होटल म्यानेजमेन्ट पुस्तक लेख्न सहजिकरण गरिदिन समेत उहाँले आग्रह गर्नुभएको छ । विद्यालयले सिपमुलक तालिम, व्यवहारिक शिक्षा, व्यक्तित्व विकासका कार्यक्रम, अभिभावक सचेतना कार्यक्रम र लर्निङ बाइ डुइङ्ग अनुसार अगाडी बढेको बताउनुभयो ।
विद्यार्थीहरूको प्रतिभा प्रदर्शन हुनेगरी चित्रकला प्रदर्शनी, विज्ञान तथा प्रविधि प्रदर्शनी, साहित्यिक सिर्जना प्रदर्शनी, होटल म्यानेजमेन्टका विद्यार्थीहरूद्वारा फुड स्टल साथै शैक्षिक सामग्री, सामाजिक अध्ययन र गणित विषयका प्रदर्शनी लगायत विविध सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुती रहेको थियो ।
विद्यालयको विकास र शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै शिक्षक, कर्मचारी तथा विद्यालयलाई विभिन्न तवरवाट सहयोग गर्ने अभिभावक लगाएतलाई विद्यालयले सम्मानित गरेको छ । सो कार्यक्रममा शैक्षिक क्षेत्रका सरोकारवालाहरु, जनप्रतिनिधिहरु गैँडाकोट १ का वडाध्यक्ष सुरेन्द्र रेग्मी, वडा नम्बर २ का वडाध्यक्ष प्रकाश सापकोटा, ९ का धामनाथ सापकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष कमलापति शर्मा, लगायतको उपस्थिती रहेको थियो ।
सहायक प्राचार्य लक्ष्मण कँडेल र शिक्षक रामकृष्ण कोइरालाले सहजिकरण गर्नुभएको थियो । भने स्वागत मन्तव्य शिक्षक राजेन्द्र प्रसाद रेग्मीले व्यक्त गर्नुभएको थियो ।