अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजबाट सुरु, नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्दै

२०८१ फाल्गुण ५ सोमबार ०६:११:०० मा प्रकाशित


अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता (ईन्टरनेशनल वुमन्स च्याम्पियनसिप) सुरु हुँदैछ ।

प्रतियोगिताका लागि नेपाली टोलीको तयारी पूरा भएको प्रशिक्षक र कप्तानले बताएका छन् । नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सबै तयारी सकिएको बताउनुभएको छ ।

नेपालले आज आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग खेल्दैछ । खेल दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ । त्यसअघि दिउँसो २ बजे म्यानमार र लेबनानबीच प्रतिस्पर्धा हुनेछ ।