एसईई परीक्षाको नतिजा असार तेस्रो साता सार्वजनिक हुने

२०८२ असार ५ बिहीबार १६:४७:०० मा प्रकाशित

भक्तपुर । एसईई परीक्षाको नतिजा यही असारको तेस्रो साता सम्ममा सार्वजनिक हुने भएको छ । 

 परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले वि.सं. २०८१ चैत ७ गतेबाट सुरु भएको एसईई परीक्षाको नतिजा प्रकाशनका लागि तीव्र गतिमा काम भइरहेको जनाएको छ । 

 परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले भन्नुभयो, ‘‘एसईईको नतिजा प्रकाशनका लागि बिहानदेखि बेलुकासम्म काम भइरहेको छ, असारको तेस्रो सातासम्ममा नतिजाको अपेक्षा गर्न सकिन्छ, यसै दिन भनेर भन्न सक्ने अवस्था अहिले छैन ।’’

गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पाँच लाख १० हजार परीक्षार्थी सहभागी भएका थिए ।